प्रहरीद्वारा भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक, अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रहरीद्वारा भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक, अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला


५ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा बदला लीन भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले आफूले हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ ।

२१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

त्यस्तै, भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की सहित स्थानियले अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै फूलमालाले सम्मान गरेका हुन् ।

सम्बन्धित समाचार : भागरथी हत्या प्रकरण : बदला लिन हत्या, छिमेकी युवक पक्राउ, आज सार्वजनिक गरिने

 

Tags :
प्रतिक्रिया दिनुहोस