२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँसबारीबाट गायत्री परिवारलाई हटाउन खोजेकामा महासङ्घको आपत्ति

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव गणेशप्रसाद नेउपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते गायत्री परिवारलाई पत्र लेखी स्थान खाली गर्न भनेको प्रति आपत्ति जनाएका छन्। पन्ध्र वर्षअघिदेखि स्थानीय सरकारको सहमति र स्थानीय समाजको सहभागितामा बाँसबारीमा खाली रहेको सार्वजनिक जग्गा सफाइ गरी दिव्यधामको परिकल्पना गरेर सामान्य पवित्र कुटी निर्माण गरी नित्य जप, ध्यान, भजनकीर्तन, अखण्ड दीप प्रज्वलन र नित्य पूजन तथा हवन गरी ठूलो जनसमुदाय लाभान्वित भएको महासङ्घले जनाएको छ ।

राष्ट्र शान्ति, समृद्धि तथा विश्व शान्तिको कामनाले गायत्री परिवारले आध्यात्मिक अभियान चलाउँदै आएको छ । विगतमा वडा कार्यालयले गायत्री परिवारका गतिविधिको निरीक्षण गरी सहयोग गर्ने, सिफारिस गर्ने लगायतसमेत गर्दै आएको महासचिव नेउपानेले बताए । मन्त्रहरुको पनि मूल गायत्री मन्त्र उत्पत्ति भएको नेपाललाई विश्वमै चिनाउने उद्देश्यले काम गरिरहेका बेला वडा कार्यालयले गरेको हस्तक्षेप बन्द गर्न महासङ्घले सरकारसँग माग गरेको छ । नेपाललाई गुरु राष्ट्र बनाउने अभियानमा रहेको संस्थामाथिको हस्तक्षेप समग्र देशप्रतिकै आक्रमण भएकाले यसविरुद्ध एक हुन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

देशको गौरव बढाउन काम गरिरहेको संस्थालाई साथ र सहयोग दिनुको सट्टा उखेल्ने र लखेट्ने उद्देश्यले स्थानीय सरकार लागिपरे महासङ्घलगायत देशभर छरिएर रहेका ९४ प्रतिशत ओमकार परिवार आन्दोलनमा उत्रन बाध्य हुने पनि उनले बताए ।