सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँमा बेवारिसे सव व्यवस्थान गर्दै आएका बिनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउएको भन्दै बस्नेतबिरुद्ध मगरले जाहेरी दिएकी थिइन् ।

सोही आधारमा बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो । बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता भएको थियो। बस्नेतलाई पक्राउ गरि परिसर ल्याएर अनुसन्धान अघि बढाउने काठमाडौँको गोंगबुबाट परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत र सपना केही समय अघि सँगै बेवारिसे सव व्यवस्थापको काम गर्दै आएका थिए

Tags :
प्रतिक्रिया दिनुहोस