डेढ महिनामा २५ सयले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डेढ महिनामा २५ सयले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ। सरकारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने व्यवस्था मिलाएसँगै पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक १०० भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक १० १५ जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको जानकारी दिए ।

यही २०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरिएको थियो । कार्यान्वयन भएको डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिइएको विभागका महानिर्देशक दहाल बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस