भन्सार महानिर्देशक दाहालको ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार महानिर्देशक दाहालको ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक सार्वजनिक


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । भन्सार विभागका महानिर्देशक(डिजी) सुमन दाहालद्वारा लिखित ‘कोरोनाकालमा भन्सार प्रशासन’ पुस्तक सार्वजनिक भएको छ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले सोमबार विभागमा पुस्तक लोकार्पण गरेका छन्।

०७६ भदौ १६ गतेदेखि भन्सार विभागको महानिर्देशक रहेका दाहालले लकडाउनका क्रममा भन्सार प्रशासनले वस्तु तथा सेवाको नियमित आपूर्तिका लागि गरेको योगदानको स्मरणलाई पुस्तकमा समेटेका छन् ।

२१ वटा रचना पुस्तकमा संग्रहित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस