इलाममा चिरपट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इलाममा चिरपट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार


३ फाल्गुन २०७७, सोमबार


इलाम । सूर्योदय नगरपालिका-५ गोरखका दिनेश तामाङले श्रीमतीको हत्या गरेका छन्। दिनेशले १९ वर्षीया गीता तामाङलाई चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

आइतबार राति आफन्तकोमा भोज सकेर घर फर्किएका दिनेशले श्रीमतीको हत्या गरेको मृतकका दाजु राजेश कार्कीले बताए। घटना लगत्तै स्थानीयले गम्भीर घाइते गीतालाई फिक्कल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाकारी दिए।

शवलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र राखिएको छ। दिनेशको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। मृतकको शरीरभरि नै नीलडाम रहेको र टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार दिनेशले मादक पदार्थ सेवन गरेर बारम्बार श्रीमतीसँग झगडा गरिरहन्थे। मृतकको ६ वर्षीय छोरा र तीन वर्षीया छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस