राष्ट्रिय प्रशिक्षण सहजकर्ता तालिम शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय प्रशिक्षण सहजकर्ता तालिम शुरु


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रशिक्षण सहजकर्ता तालिम आजदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आजदेखि शुरु भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागद्वारा आयोजित ७ दिने तालिम कार्यक्रममा राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयहरूमा कार्यरत आर्थिक योजना तथा तथ्याङ्क सेवाका कर्मचारीहरू, केन्द्रीय तथ्याङ्क विभागका कर्मचारीहरू लगायत ७५ जनाको सहभागिता रहेको छ ।

आगामी राष्ट्रिय जनगणना २०७८ मा करिब ५० हजार जनशक्ति परिचालन हुनेछन् भने गणनाको फिल्ड कार्य २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म देशभर सञ्चालन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस