ओलीमा सामूहिकता र पार्टी भावना नभएको माधव नेपालको आरोप « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओलीमा सामूहिकता र पार्टी भावना नभएको माधव नेपालको आरोप


१ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा पार्टी भावना, सामूहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाएका छन्।

शनिबार धनकुटामा आयोजित प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी ओली अगतिलो रहेकोसमेत बताए।

पार्टीको तर्फबाट पाँच वर्ष प्रधानमन्त्री चलाउँदै पार्टी घोषणापत्र, चुनावी घोषणपत्र अनुसार काम गर्नुस् भन्दा ओली आफैँले काम नगरेर पार्टीले काम गर्न दिएर भन्नुमा कुनै तुक नरहेको बताए ।

उनले यो विरोधसभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्ध लोकतन्त्र बचाउनको लडाइँ रहेको उल्लेख गरे।

‘प्रचण्ड-नेपाल जहाँ छन् त्यही नेकपा आधिकारिक र सूर्य चिह्न त्यहीको हुने बताए । ओलीको चिह्न त वयलगाडा हो’, नेपालले भने, ‘जनआन्दोलनको वेला वयलगाडा चडेर अमेरिका पुगिँदैन भनेका थिए।’

Tags :
प्रतिक्रिया दिनुहोस