प्रधानमन्त्री ओलीले भने -‘पर्सि सिंहदरवारबाट बोल्नेछु’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीले भने -‘पर्सि सिंहदरवारबाट बोल्नेछु’


१ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् ।

समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिएको बताउँदै मोटामोटी कामहरू भन्ने बताएका छन् ।

‘मैले दोस्रो पटक प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पुरा भएको सन्दर्भमा पर्सी फागुन ३ गते प्रेस कन्फरेन्स गर्दै छु । सबै भन्न त भ्याइँदैन, केही मोटामोटी रूपमा महत्त्वपूर्ण कुरा यसभित्र सामेल गर्नेछु, पर्सि त्यस विषयमा बोल्नेछु ।’

साथीहरूले घरघरबाट, मोबाइलबाट फेसबुकबाट हेर्न सक्नुहुनेछ ।

सरकारले विकासका काम धेरै गरेका कारण विरोधीहरू आत्तिएको उनको दाबी थियो । अरू डेढ-दुई वर्ष सरकार चल्यो भने चुनावमा जाँदा अरूका बाकस रित्तै र खाली नेकपा बाकस मात्रै भरिन्छ भन्ने डर देखिएकोले देशी, विदेशी, प्रतिक्रियावादी शक्ति कामसँग डराएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस