काठमाडौँ स्वास्थ्य कार्यालयले तोक्यो दर्जन ठाउँमा कोरोना विरुद्धको खोप केन्द्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ स्वास्थ्य कार्यालयले तोक्यो दर्जन ठाउँमा कोरोना विरुद्धको खोप केन्द्र


१ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । स्वास्थ्य कार्यालय, काठमाडौँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोपका १२ स्थानमा केन्द्र तोकेको छ।

फागुन २ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने खोप अभियान बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत व्यक्ति,स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सीमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्ला भित्रका पत्रकारलाई खोप लगाइँदै छ ।

स्वास्थ्य कार्यालयले लक्षित समूहमा परेका व्यक्ति सबैलाई पायक पर्ने खोप केन्द्रमा सम्बन्धित कार्यालयको परिचय पत्र सहित गई खोप लगाउन अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस