दुई करोड हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले गरे अधिकृत छैटौँलाई निलम्बन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई करोड हिनामिना गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले गरे अधिकृत छैटौँलाई निलम्बन


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले प्राविधिक सहायक(अधिकृत छैटौँ) रुद्र बहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

साउनदेखि कार्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेकोले निलम्बन नगर्दा सरकारी हानी नोक्सानी हुने र आफू विरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले हिजो(बिहीबार)देखि निलम्बन गरेका हुन् ।

आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिन भित्र आफू समक्ष प्रमाण पेस गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत भनेका छन् ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस