सत्यमोहन जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्यमोहन जोशी दम्पतीबाट मरणोपरान्त शरीर दान


३० माघ २०७७, शुक्रबार


ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् ।

नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताए ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताए । उनले भने, ‘म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् ।’ हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उनले सुझाव दिए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै मनन् गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राखे ।

प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाई जोशीमा महानता, सरलता र दुरदर्शी भावना रहेको औँल्याए । उनले भने, “मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उनीहरुका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस