२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीद्वारा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय निरीक्षण, फागुन मसान्तसम्म पुरा गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारको पुनर्निर्माण आगामी महिनाको अन्त्यसम्ममा पूरा गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहेको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात् सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सिंहदरवारको पुनर्निर्माणका क्रममा पुरातात्त्विक महत्त्वका वस्तुहरूलाई यथास्वरुपमै कायम राख्नसमेत निर्देशन दिएका छन् ।

मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरवारको भ्रमणका क्रममा प्रधानमन्त्रीलाई पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्प पश्चात् गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका बैठक कक्ष, प्रतीक्षा कक्ष लगायतका संरचनाहरू, आपतकालीन तथा अग्नि नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकूलन प्रणालीबारे अवगत गराएका थिए ।

सिंहदरवारको प्रमुख आकर्षण एवं २०३० सालमा भएको आगलागीबाट बचेको एक मात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पूर्व, दक्षिण पूर्व, तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो । प्राधिकरणका केन्द्रीय योजना कार्यान्वयन इकाईका सह निर्देशक झपरसिंह विश्वकर्माका अनुसार कार्यालयलाई सुरक्षा र सुविधा दृष्टिले अब्बल हुने गरी प्रबलीकरण गरिएको छ । केन्द्रीय वातानुकूलित प्रणालीका अतिरिक्त आगलागीको समयमा अत्यन्त छिटो अग्नि शमन गर्ने प्रणाली यसमा थपिएका नयाँ विशेषता रहेको उनको भनाई छ ।

सिंहदरवारको निरीक्षणपछि सम्माननीय प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गरेका छन् ।

६ महिना अघि नै काम सम्पन्न गरिसक्नु पर्ने भए पनि पुनर्निर्माण प्राधिकरणको कमजोरीका कारण ६ महिना म्याद थप गर्नुपरेको थियो । थप अवधि यही फागुन ११ पुग्दै छ तर सो अवधिमा पनि अझै पूर्णरुपमा नसकिने प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।

प्राधिकरणका अनुसार कार्यालयको भौतिक प्रगति ९८ प्रतिशत र आर्थिक प्रगति ८२ प्रतिशत पुरा भएको छ । यद्यपी प्रधानमन्त्रीले तेस्रो वर्षको अवसर पारेर यही फागुन ३ गते भवनमा सर्ने बताइएको छ ।

इन्टेरियर तथा एमइपी कार्यका लागि करिब ५० करोड लागत रहे पनि काम गर्ने क्रममा अनस्पेक्टेड चिजहरू आएको भन्दै करिब ४ करोड भेरियसन थपेको थियो । भेरियसन रकमबारे केही प्राविधिकहरूले नै असन्तुष्टि जनाएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले धरहरासहित सुनधाराको संरक्षण तथा मुद्रा सङ्ग्रहालयका निर्माण प्रगतिहरूको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा पनि जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०-१० जना अट्ने क्षमताको लिप्ःट रहने तथा १८ औँ तलामा धरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने जानकारी दिए । हाल २१ औँ तलाको ढलान सकिए पश्चात् २२ औँ तला समेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेव प्रतिमा पुनर्स्थापना तथा गजुर जडानको कार्य गरिने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस