नेकपा नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा पक्राउ


२९ माघ २०७७, बिहिबार


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ परकी छन् ।

विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको हो । नेकपा दाहाल नेपाल समुहकी नेतृ झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर दफा ५८ अनुसारपक्राउ पुर्जी थमाएको छ ।

रामकुमारीले पक्राउ पुर्जी बिना गिरफ्तारी नदिने अडान लिएकी थिइन् । उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जी थमाएको हो ।

झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई पक्राउ पूर्जी दिइएको हो । उनको निवास शंखमुल अगाडि समर्थकले प्रहरी विरुद्ध नारावाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस