फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासको एक हजार ४ सय


२८ माघ २०७७, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ ।

बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस