सनराइज बैङ्कको सीईओमा सुमन शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सनराइज बैङ्कको सीईओमा सुमन शर्मा


२८ माघ २०७७, बुधबार


काठमाडौँ । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

बैङ्किङ क्षेत्रमा ३ दशक बिताएका शर्मासँग ग्लोबल आइएमइ, माछापुच्छ्रे , एनएमबि बैङ्क लगायतमा काम गरेको अनुभव छ ।

यस अघि माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत रहेका उनको नाम लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैङ्कको सीईओमा पनि चर्चामा थियो ।

सनराइज बैङ्कको सिइओ जनक शर्मा पौड्यालले मङ्गलवार मात्रै पदबाट राजीनामा दिएसँगै शर्मालाई नयाँ सिइओ नियुक्त गरिएको बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस