प्रदेश २ मा निजामती सेवासम्बन्धी ऐन प्रमाणीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ मा निजामती सेवासम्बन्धी ऐन प्रमाणीकरण


२८ माघ २०७७, बुधबार


जनकपुरधाम । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन्।

प्रदेश २ को प्रदेशसभाबाट पारित भइ प्रदेश प्रमुख समक्ष गएको उक्त विघेयकलाई आज (बुधबार) प्रदेश प्रमुख परियारले प्रमाणिकरण गरेका हुन्। यससँगै हालसम्म प्रमाणिकरण हुने विधेयकको संख्या ३९ पुगेको छ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा कार्तिक ३ गते पारित भएको थियो।

पारित भएपछि माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा सो विधेयक दर्ता भएको थियो।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणिकरण गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस