२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीलाई साधनस्रोतले सम्पन्न बनाइने

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरक्षा निकायको मनोबल बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।

नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रातोमाटे, हेटौँडामा वाग्मती प्रदेश सरकारले निर्माण गरेको दुई तले भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न स्थानमा प्रहरीका लागि ४६ भवन निर्माण भइरहेको जानकारी दिए । करीब आधा भवन निर्माण सम्पन्न भएको र अन्य आगामी असारसम्ममा सम्पन्न हुने जानकारी उनले दिए । मुख्यमन्त्री पौडेलले प्रहरीका लागि गाडी उपलब्ध गराउने प्रक्रियासमेत प्रारम्भ भएको बताए ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले प्रदेश सरकार प्रहरीको चुस्त व्यवस्थापनमा जुटेको बताए । उद्घाटन कार्यक्रमको समापन गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले नवनिर्मित भवनमा १२५ प्रहरीलाई व्यवस्थित रुपमा राख्न सकिने जानकारी दिए ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा ६/६, चितवन र रामेछापमा पाँच/पाँच, रसुवा र दोलखामा चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन तीन भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ ।

मकवानपुरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी कान्द्राङ, प्रहरी चौकी रातोमाटे, प्रहरीचौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसुँडे, सशस्त्र प्रहरी गण रातोमाटेमा भवन निर्माण भएका हुन । त्यसैगरी चितवनमा रु नौ करोड ९१ लाख ९१ हजार, सिन्धुलीमा रु १२ करोड ८९ लाख ७० हजार, धादिङमा पाँच करोड ९५ लाख ४१ हजार रकम छुट्टाइएर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी नुवाकोटका लागि रु १० करोड ५८ लाख ३३ हजार, दोलखाका लागि सात करोड १४ लाख २२ हजार रहेको छ । रामेछापका लागि रु १२ करोड ४९ लाख ९१ हजार, रसुवाका लागि १४ करोड ९५ लाख २० हजार र सिन्धुलीका लागि सात करोड ८२ लाख ८२ छुट्टाइएको मन्त्रालयले जनाएको छ ।