जनगणनामा खटिने कर्मचारीका लागि ५ लाखको बिमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनगणनामा खटिने कर्मचारीका लागि ५ लाखको बिमा


२६ माघ २०७७, सोमबार


काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई पाँच लाख रुपैयाँको बिमा गरेको छ ।

आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुन लागेको जनगणनामा खटाइने ३९ हजार कर्मचारीहरूका लागि यो व्यवस्था गरिएको हो ।

राष्ट्रिय जनगणनाको प्रशासनिक व्यवस्था आर्थिक सुविधा सम्बन्धी मापदण्डमा जनगणना कार्यमा खटिनेहरूका लागि नियमानुसार पाँच लाख रुपैयाँसम्मको चोटपटक तथा दुर्घटना बिमा गरिने व्यवस्था छ ।

विभागले जनगणनाका निम्ति ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकको माग गरी सकेको छ । सुपरिवेक्षकका लागि स्नातक उत्तीर्ण गरेको र गणकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरका हकमा महिलाको हकमा १८ देखि ४५ वर्ष र पुरुषको १८ देखि ४० वर्षकाले आवेदन दिन सक्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस