सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्छ : अध्यक्ष केसी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्छ : अध्यक्ष केसी


२४ माघ २०७७, शनिबार


गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताएका छन् । उनले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताए ।

बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको बताए । उनले बारम्बर चुनावमा जाँदा नेपाललाई आर्थिक भार बढी पर्ने दाबी गरे ।

सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप रहेको छ । भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस