भागरथी हत्या घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न दाहाल-नेपाल समूहको माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भागरथी हत्या घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न दाहाल-नेपाल समूहको माग


२४ माघ २०७७, शनिबार


काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको दाहाल–नेपाल समूहको नेकपाले भर्त्सना गरेको छ ।

शनिबार शोक वक्तव्य जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको जानकारी दिएका छन् ।

डेढ वर्षअघि निर्मला पन्तको हत्याको प्रसङ्ग कोट्याउँदै राज्यसंयन्त्र नागरिकलाई शान्तिसुरक्षा दिन असफल भएको बताए ।

उनीहरूले सरकारसमक्ष निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस