हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा


२४ माघ २०७७, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमाथि मुद्धा दायर भएको हो । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो ।

आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस