‘फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ’ –प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ’ –प्रचण्ड


२२ माघ २०७७, बिहिबार


काठमाडौँ । नेकपा प्रचण्ड९माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्।

आफ्नो समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार ललितपुर सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।

सडकमा आउन रहर नहुँदा नहुँदै पनि बाध्यताले आउनु परेको प्रचण्डको दाबी छ । लोकतन्त्र र गणतन्त्र खतरामा देखेर सडकमा आएका हौँ। यो जनताको अधिकार स्थापित गर्ने आन्दोलन हो’ उनले भने ‘जनताले बुझ्नेछन् र सडकमा साथ दिएका छन्।’

दाहालले माघ २८ गते विशाल प्रदर्शन गर्ने बताउँदै भने, -‘त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ’

सरकारले दिउँसै रात पार्ने र संविधानमाथि प्रहार गर्ने काम गरेकाले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको उनले दाबी गरे ।

जुलुसमा सहभागी कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौँ’ लगायतका नारा लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस