खेत खन्दा भेटियो एक सय ८५ राउन्ड गोली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खेत खन्दा भेटियो एक सय ८५ राउन्ड गोली


२२ माघ २०७७, बिहिबार


मोरङ । उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद भएको छ।

उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधवार दिउँसो ३ बजे खेतबाट कालो रङ्गको प्लास्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद भएको हो ।

५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा गोली भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अधिकारीका अनुसार ७।६२ एमएमको एक सय ८५ राउन्ड गोली बरामद गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस