मानप्रसाद खत्रीद्वारा समावेशी आयोगको अध्यक्ष अस्वीकार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मानप्रसाद खत्रीद्वारा समावेशी आयोगको अध्यक्ष अस्वीकार


२१ माघ २०७७, बुधबार


बझाङ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गरेका छन् ।खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताए ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले खत्रीलाई समावशी आयोगको अध्यक्ष सिफारिस गरेको थियो ।

खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस