उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिस्कार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिस्कार


२१ माघ २०७७, बुधबार


काठमाडौँ । संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन्।

बुधबार बिहान शीतल निवासमा भएको शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन्।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए।

तर कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति पुन र सभामुख सापकोटाले बहिस्कार गरेका हुन्। यसलाई संसद विघटनसँगै नेकपा विभाजनको असरका रुपमा हेरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए।

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि विघटन भएको उल्लेख गर्दै यस्तो अवस्थामा संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने दाबी सभामुखको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस