सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १९ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १९ जना घाइते


२० माघ २०७७, मंगलबार


सिन्धुपाल्चोक । थुम्पाखरमा भएको बस दुर्घटनामा १९ जना घाइतेको पहिचान खुलेको छ।

दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालिङ यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो।

लामोसाँघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो।

घाइतेमध्ये बलेफी गाँउपालिका ७ का वर्ष ३७ का सीताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए।

बाँकी १८ जनाको भने खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको उनले बताए। तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो। बसका चालक भने फरार छन्।

दुर्घटनामा परि घाइतेहरुको नामावली:

शंकर नेपाली, गोकुलगंगा ४, रामेछाप
सितारामा थापा, बलेफी ६, सिन्धुपाल्चोक
जंग बहादुर ठकुरी, विगु ३, दोलखा
भक्त बहादुर तामाङ, विगु ४, दोलखा
रोहीत क्षेत्री, विगु ४, दोलखा
रोशन थामी, कालिन्चोक ६, दोलखा
सर्द थामी, भि।न।पा। ७, दोलखा
विन्दु लामा, सुनापाती ४, रामेछाप
पासाङ तामाङ, चागुनारायण नपा, भक्तपुर
पदम बहादुर श्रेष्ठ, गौरीशंकर ८, दोलखा
बल बहादुर तामाङ, विगु ४, दोलखा
करिश्मा नेपाली, विगु ४, दोलखा
मनिता नेपाली, विगु ४, दोलखा
तारा थापा, कालिञ्चोक ५, दोलखा
शुसीला खड्का, विगु, दोलखा
शर्मिला ठकुरी, विगु ४, दोलखा
शर्मीला नेपाली, गोकुलगंगा ४, रामेछाप
निर्माया तामाङ, चागुनारायण नपा, भक्तपुर
पार्वती लामा, गौरीशंकर ८, दोलखा

Tags :
प्रतिक्रिया दिनुहोस