सिन्धुपाल्चोकको ११ किलोमा यात्रुबाहक बस दुर्घटना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिन्धुपाल्चोकको ११ किलोमा यात्रुबाहक बस दुर्घटना


२० माघ २०७७, मंगलबार


सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा कम्तिमा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ।

लामोसाँघु-जिरी सडकखण्डमा बा २ ख २७८९ नम्बरको बस तीव्र गतिका कारण सडकमै पल्टिएको हो। बसका चालक फरार रहेका छन्।

बसमा कति जना सवार थिए भन्ने यकिन विवरण आएको छैन । मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको प्रहरीको भनाई छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस