२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाका बख्तरबन्धले गएराती गर्‍यो चक्रपथ परिक्रमा, भोलि काठमाडौँबाट पाँचखालसम्म पुग्ने

अ+ अ-

काठमाडौँ । सोमबार मध्‍यरातमा नेपाली सेनाले काठमाडौँको सडकमा बख्तरबन्द परेड निकालेको छ। १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित सडकमा नेपाली सेनाले परेड निकालेको हो।

नियमित अभ्यास योजना अनुसार सोमबार राति सेनाको गाडीले चक्रपथको चक्कर लगाएको सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले बताएका छन्। सेनाका अनुसार राति बख्तरबन्द गाडीहरुले काठमाडौँ चक्रपथको एक चक्कर लगाएको हो।

बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको छ ।

प्रवक्ता पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार दिउँसो काठमाडौँबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्ध गाडीको अभ्यास हुने उनले बताए ।

सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । नेपाली सेनाले लामो समयदेखि बख्तरबन्ध गाडी सडकमा निकालेको थिएन । तर एक्कासी माघ १९ गतेको राति काठमाडौँको चक्रपथमा बख्तरबन्ध गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु भएको छ ।

नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भनेका छन् । तर कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्ध गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको बताएका छन् ।