२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

अ+ अ-

अमरगढी । डडेल्धुरा अस्पताल सङ्कटमा गुज्रदैँ गएको छ । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट सङ्घ मातहतमा राखिएपछि झनै सङ्कटमा परेको छ ।

उक्त अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । ‘अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौजना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्’, उनले भने ।

हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि चारजना मात्र रहेका डा. विष्टले बताए । तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए ।

दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन् । टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।