कांग्रेस नेता महरद्वारा म्यानमार घटनाको निन्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस नेता महरद्वारा म्यानमार घटनाको निन्दा


१९ माघ २०७७, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकी सहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताएका छन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता महरले, ‘‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत आम जनतासमेत सङ्घर्षरत रहेकै बेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकी सँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको छ भने ।

विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे । उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो सङ्घर्ष अविचलित र थकितरहित रहने बताए । सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमारको सेनाले सूकी सहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस