प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस सुरु


प्रशासन संवाददाता

१९ माघ २०७७, सोमबार


काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षबाट बहस सुरु भएको छ । अहिले महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

आइतबार निवेदकको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेको थियो । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा निवेदकका पक्षबाट ७० कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट १८६ अधिवक्ताले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्नेछन् । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ जना अधिवक्ता र अन्य १७५ जना कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्न वकलतनामा भरेका छन् ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सरकार पक्षले विघटन संविधानसम्मत भएको दाबी गरिरहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते मध्यवधि निर्वाचनको घोषण गरेकी थिइन् ।

संसद विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजन भएका छन् । विभाजित नेकपाको एक समुहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेका छन् । भने अर्को समुहलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका छन् ।

नेकपा दाहाल नेपाल समुह लगायत दल र नगरीक समाजका अगुवाहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै निरन्तर रुपमा सडकमा संघर्षरत रहेका छन् ।

आज नेपली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस