प्रधानमन्त्री ओली शीतल निवासमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली शीतल निवासमा


१८ माघ २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि प्रधानमन्त्री ओली केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको बालुवाटार स्रोतले बताएको छ ।

मङ्सिर ३० मा अध्यादेशमार्फत ऐन संशोधन गरेपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

संसदले पत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वतः नियुक्ति हुन सक्ने प्रावधान संयुक्त सदन कार्य सञ्चालन नियमावलीमा छ । आजै मात्र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस