अधिकृतलाई ३० दिने सेवाकालीन तालिमका लागि दरखास्त आव्हान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अधिकृतलाई ३० दिने सेवाकालीन तालिमका लागि दरखास्त आव्हान


१८ माघ २०७७, आइतबार


समायोजन

काठमाडौँ । नेपाल सरकार र सार्वजनिक निकायहरूमा कार्यरत तृतीय श्रेणी वा सो सरहका अधिकृतहरूलाई सेवाकालीन प्रशिक्षणका लागि दरखास्त आव्हान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित तृतीय श्रेणीका लागि सञ्चालन हुने ३० दिने प्रोफेसनल कोर्स अन म्यानेजमेन्ट–पीसीएमडी तालिमका लागि आव्हान गरेको हो । प्रशिक्षार्थीले माघ २५ गतेभित्र मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा आई पुग्ने गरी पठाउन भनेको छ ।

हालसम्म सेवाकालीन तालिम नलिएका तथा तालिममा सहभागी हुन इच्छुक मन्त्रालय, अन्तर्गतका निकाय र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूले तालिममा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस