अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास छ : डा. रिजाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास छ : डा. रिजाल


१८ माघ २०७७, आइतबार


लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधानको मर्मअनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेता रिजालले बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा विगतको प्रतिकूलावस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै अहिले पनि संविधानअनुरुप अदालतको गरिमा कायम गर्ने विश्वास व्यक्त गरे ।

सरकारले निर्वाचन गर्नका लागि नभएर सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको आरोप लगाउँदै उनले लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस