निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदूरको मृत्यु


१७ माघ २०७७, शनिबार


भक्तपुर । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका-६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई हाल मथिनपा-६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस