संविधान अञ्जु पन्तको गीत ‘न बिर्से तिमीलाई…’ जस्तो भयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान अञ्जु पन्तको गीत ‘न बिर्से तिमीलाई…’ जस्तो भयो


१५ माघ २०७७, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विपक्षमा बहस गर्दै अधिवक्ता गोपालकृष्ण घिमिरेले संविधान न पाए जस्तो नत गुमाएजस्तो अञ्जु पन्तको गीत जस्तो भएको बताएका छन् ।

उनले बहसका क्रममा भने,‘दुई दुईवटा संविधानसभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएकोजस्तो भयो, यो विघटनले, अञ्जु पन्तको गीत न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई जस्तो भयो ।’

अधिवक्ता घिमिरेले प्रतिनिधिसभा विघटन खारेजीको माग गर्दै संसद् विघटनको निर्णय असंवैधानिक भएको जिकिर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस