फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन, विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन, विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ


१५ माघ २०७७, बिहिबार


विराटनगर । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठौरलाई पक्राउ गरेको हो ।

जिल्ल प्रहरी कार्यालय मोरङका अनुसार फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा विराट मेडिकल कलेजका कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत राठौरलाई पक्राउ गरिएको हो । नक्कली कर्मचारी देखाइ मेडिकल कलेजको पैसा अपचलन गरेको भन्ने उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ हो ।

अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच जनालाई अस्पतालले काममा राखेको थिएन । अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पाँच जना कर्मचारीलाई काम गरेको विवरण देखिएपछि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो । ती नक्कली कर्मचारीको नाममा माछापुच्छ्रे बैंकमा खाता रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस