इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत


१४ माघ २०७७, बुधबार


रोम । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् ।

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।’

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ ।

‘गणतन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ’, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछन् । वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस