२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा ५०२ परिवारलाई लालपुर्जा वितरण

अ+ अ-

जलेश्वर । महोत्तरीको बलवा नगरपालिका–६ का ५०२ परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।

२०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ५०२ परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताए ।

उनले विगत चार पुस्तादेखि बलवा–६ का सयौँ बासिन्दा आफ्नै गाउँ ब्लकभित्रको जग्गामा बनाइएका घरआँगनमा बस्दै आए पनि उनीहरुसँग आफ्नो घरजग्गाको लालपुर्जा थिएन भने आज उनीहरु लालपुर्जा पाएपछि निकै हर्षित भएको बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र बलवा नगरपालिकाको संयुक्त पहलमा वर्षौंदेखि लालपुर्जाविहीनलाई लालपुर्जा दिइएको बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले बताए ।

स्थानीयवासी खोदादिन अंसारी, पवीदेवी मण्डल, माधो मण्डलसहित दर्जनौँ व्यक्तिले चार पुस्तापश्चात् आफूहरु आफ्नो घर जग्गाको लालपुर्जा पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले लालपुर्जा वितरण गर्न आएका नगरपालिकाका प्रमुख तथा मालपोत र नापी कार्यालयका प्रमुखसहितका टोलीलाई धन्यवाद दिएका थिए ।