मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस


१२ माघ २०७७, सोमबार


काठमाडौँ । उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश नेतृत्वको न्यायापरिषद्‌को आइतबार साँझ बसेको बैठकले तीनजनाको नाम नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठकको निर्णयअनुसार जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश निता गौतम दिक्षित र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला मुख्य न्यायधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्।

निरौला प्रशासनबाट सिधै मुख्यन्यायधीश हुने पहिलो व्यक्ति हुन्। मुख्य न्यायाधीशकारुपमा पाँच वर्ष काम गरेपछि सर्वोच्चमा आउने बाटो खुल्ने छ । यस्तै परिषद् निर्णयअनुसार सर्वोच्चका पूर्व वरिष्ठ न्यायाधीश वैधनाथ उपाध्यायलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिस गरिएको छ।

यसअघिका कार्यकारी निर्देशक तपबहादुर मगर राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस भएका थिए । त्यसपछि उक्त पद रिक्त रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस