वाग्मती प्रदेश लोक सेवाद्वारा अधिकृत स्तरका १७४ कर्मचारी माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाग्मती प्रदेश लोक सेवाद्वारा अधिकृत स्तरका १७४ कर्मचारी माग


१२ माघ २०७७, सोमबार


हेटौँडा । वाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर छैठौँ तहका एक सय ७४ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सय ४९ जना खुलाबाट र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको हो ।

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले अधिकृत स्तरका कर्मचारीका लागि पहिलोपटक विज्ञापन गरेको हो । यसअघि चौथो र पाँचौं तहका कर्मचारीका लागि विज्ञापन गरेको थियो । प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोग हेटौंडाले जनाएको छ ।

आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको छ । लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको छ ।

विज्ञापन : 

Tags :
प्रतिक्रिया दिनुहोस