मलेसियाबाट १७ नेपालीको शव काठमाडौँ ल्याइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलेसियाबाट १७ नेपालीको शव काठमाडौँ ल्याइयो


१० माघ २०७७, शनिबार


काठमाडौँ । मलेसियाबाट १७ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो।

गएराति मलेसिया गएको जहाजले शनिबार बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज पठाइएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस