दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनमा देखिएका दृश्य (फोटोफिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनमा देखिएका दृश्य (फोटोफिचर)


९ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। संसद विघटनको विरोधमा नेकपाले विशाल प्रदर्शन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन्। संसद विघटन गरेर सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेको छ।

शुक्रबार राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर नेकपाले सभा गरेको थियो। सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

संसद विघटन असंवैधानिक भन्दै नेकपा दाहाल-नेपाल समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ। संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि नेकपा विभाजित भएको छ। तर कानुनी प्रक्रिया भने बाँकी छ।

हाल नेकपा विवाद निर्वाचन आयोगमा पुगेको छ भने संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहसका क्रममा छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस