मालपोत कार्यालय ललितपुरका एक कर्मचारी ४० हजार घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मालपोत कार्यालय ललितपुरका एक कर्मचारी ४० हजार घुससहित पक्राउ


७ माघ २०७७, बुधबार


अख्तियार

काठमाडौँ । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

आयोगको टोलीले जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरुले सेवाग्राहीसँग उक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा घुस रकम लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको अधिकारीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस