राजतन्त्रको आलोचना गरेको भन्दै पूर्व प्रशासक महिलालाई ४३ वर्ष कैद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजतन्त्रको आलोचना गरेको भन्दै पूर्व प्रशासक महिलालाई ४३ वर्ष कैद


७ माघ २०७७, बुधबार


एजेन्सी । राजतन्त्रको आलोचना गरेको भन्दै थाइल्याण्डमा एक पूर्व प्रशासक महिलालाई ४३ वर्ष कैद सजायको फैसला सुनाइएको छ । थाइल्याण्डमा राजपरिवारको अपमानमा यो हालसम्मकै कडा सजायको फैसला हो ।

आन्चन नामक पूर्व प्रशासक महिलाले सामाजिक सञ्जालमा सेयर गरेको सामाग्रीकै आधारमा उक्त कैद सजायको फैसला सुनाइएको हो । सुरुमा उनलाई ८७ वर्षको कैद सजायको फैसला सुनाइएको थियो । उनले आफूले उक्त अपमान गरेको दोष स्वीकार गरे पछि आधा सजाय घटाइएको हो ।

६३ वर्षीया ती महिलाले अडियो फाइल सेयर गरेकी थिपइन् तर कुनै पनि टिप्पणी गरेकी थिइनन्। आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लीपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन्।

थाईल्यान्डको राजतन्त्रको अपमानसम्बन्धी कानुन संसारकै सबैभन्दा कडामध्ये पर्छ। सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि छन्। उक्त समूहले राजतन्त्रसम्बन्धी आधिकारिक धारणाहरूमाथि प्रश्न उठाइएका पडकास्टहरू अपलोड गर्ने गरेको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस