२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालयबाट बैंक खाता खोल्दै लाभग्राही

अ+ अ-

बनेपा । चौरीदेउराली गाउँपालिका–३ माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घर नजीकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोलिन।

ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै खाता खोल्न व्यवस्था मिलाएको हो । ‘म हिँडेर बैंकको कार्यालयमा पुग्न ३ घण्टाभन्दा पनि धेरै समय लाग्छ’, उनले भनिन्, ‘वडा कार्यालयमा नै खाता खोल्न पाउने सुविधा वडाध्यक्षले व्यवस्था मिलाएपछि खुशी लाग्यो ।’

अर्का ८० वर्षीय जमान सिंङ तामाङ पनि बैंकमार्फत मात्रै भत्ता आउने भएपछि बैंकमा खाता खोल्न वडा कार्यालय पुगे । पहिला–पहिला वडाध्यक्ष र सचिवले घरघरमै पु¥याउने गरेको भए पनि अब बैंकबाट नै भत्ता दिने भएपछि वडा कार्यालयमा पुगेर खाता खोल्न लागेको उनले बताए।

ग्रामीण भेगका ज्येष्ठ नागरिक तामाङ त एउटा उदाहरण मात्रै हुन् । यसरी भौगोलिक विकटतासँगै यातायातको सुविधा नभएका ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त व्यक्तिहरुका लागि टाढाको बैंक रहेको शाखा कार्यालयसम्म पुग्न निकै समस्या झेल्नुपर्ने बाध्यता छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–३, माझीफेदाले वडा कार्यालयमा नै खाता खोल्ने वातावरण बनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाभग्राहीको बैंक खाता खोल्न ग्रामीण भेगका लाभग्राहीलाई असहज भएका कारण एनसिसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामा नै खाता खोल्ने वातावरण मिलाएको वडाध्यक्ष विनोद घिसिङले बताए । पूर्ण अपाङ्ग, अपाङ्ग, ज्येष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिँडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न ग्रामीण क्षेत्रमा कठिन भएको वडाध्यक्ष घिसिङले बताए ।

‘गाउँका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिलालाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति त आयो तर उहाँहरु बैंकमा पुग्न सक्ने अवस्था नै छैन’, उनले भने, ‘जनताका लागि गाउँगाउँमा सिंहदरबार आएको अनुभूति पनि गराउन जनताको समस्या हामीले नबुझे कसले बुझ्ने भन्ने हेतुका साथ सो सेवा प्रदान गरेका हौँ ।’ जनताको समस्या देखेर नै वडा कार्यालयमा खाता खोल्ने वातावरण मिलाएको उनले बताए ।

खाता खोल्नका लागि तीन दिनसम्म सेवा प्रदान गर्ने उनले बताए । खाता खोल्न शुरु गरेको पहिलो दिन सोमबार मात्रै १५० भन्दा बढीको खाता खोलिसकेको उनले बताए । ३ नं वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३८६ जना रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए ।