२४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त


४ माघ २०७७, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०० जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ।

३ हजार ९ सय १९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या २२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस