काठमाडौँ उपत्यकाका विद्यालय आजदेखि भौतिक उपस्थितिमै खुले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ उपत्यकाका विद्यालय आजदेखि भौतिक उपस्थितिमै खुले


४ माघ २०७७, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यालय आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।

स्थानीय तहले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय खोल्ने अनुमति दिएपछि विद्यालय सञ्चालनमा आएका हुन् ।

उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लाका केही विद्यालयले भने असारपछि नै विद्यालय खोले पनि कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बन्द गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा नै निर्देशिका जारी गरेको थियो ।

कक्षा ११, १२ र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन गरिने विद्यालय क्याम्पस भने पुष १ देखि नै अघोषितरुपमा खुलिसकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस