‘सरकारको कदमलाई न्यायालयले सच्याउनुपर्ने’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘सरकारको कदमलाई न्यायालयले सच्याउनुपर्ने’


३ माघ २०७७, शनिबार


विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद विघटनका विरुद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित विरोधसभामा उनले सरकारले चालेको कदमलाई सच्याउन संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।

उनले न्यायालयमा पुगेको मुद्दाका विषयमा दबाब दिन नमिल्ने चर्चा गर्दै सरकारले घोषणा गरेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र सहभागितामूलक हुनुपर्ने धारणा राखे । केन्द्र्रीय सदस्य डा. कोइरालाले अहिलेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नुहने भन्दै मुलुक द्वन्द्वमासमेत फस्न नहुने तर्क राखे । उनले सर्वोच्च अदालतले न्याय दिने र त्यो न्याय संसद् पुनस्र्थापनाबाट हुने दाबी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी र विराटनगर महानगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस महानगर समितिका सभापति भीम पराजुलीले सुविधाजनक बहुमत सरकारले चालेको पछिल्लो कदम संविधान विपरीत छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस